मंसिर २४ नेपाल ।
मिति २०८२ मंसिर २३ गते साझ भीमेश्वर नगरपालिका वडा नं. ६, चितामथलीस्थित रामकृष्ण श्रेष्ठको भैसीगोठमा आगलागी भई क्षति भएकोमा भीमेश्वर नगरपालिका दुःख व्यक्त गर्दछ ।
उक्त आगलागी नियन्त्रणमा सुरक्षाकर्मी तथा यस नगरपालिकाको नगर आपतकालीन कार्यसन्चालन केन्द्रका जनशक्ति समेत संलग्न भई नियन्त्रणको प्रयास भएको जानकारी गराउदै यस नगरपालिकामा रहेको वारुण यन्त्र (दमकल) को वर्तमान अवस्थाको बारेमा आम नागरिकको जनचासो रहेको पाईएकोले निम्न बमोजिम रहेको जानकारी गराउदछौ ।
क) विगु गाउँपालिकाको सिंगटी बजारको निजी उद्योगमा आगलागि नियन्त्रण गर्ने क्रममा दमकलमा समस्या आएको ।
ख) स्थानीय बजारमा सामान नपाईएकोले मर्मत हुन नसकेको ।
ग) दमकलमा समस्या आएपश्चात जिल्ला प्रशासन कार्यालय, दोलखा लगायत सुरक्षा निकायमा दमकल प्रयोग गर्न नसकिने वारे जानकारी पठाईएको ।
घ) स्थानीय बजारमा मर्मत हुन नसके पश्चात अशोक लेल्याण्ड, वालाजु, काठमाडौंमा मर्मतको लागि पठाईएको
ङ) अशोक लेल्याण्ड, बालाजु, काठमाडौं (मर्मत केन्द्र) मा प्रारम्भिक लागत अनुमान गर्दा १० लाख भन्दा माथि लाग्ने देखाएको ।
च) पुल्चोक ईन्जिनियरिङ क्याम्पसको मेकानिकल ईन्जिनियर श्री अरुण थापालाई दमकलको सक्सन पम्पको स्पेसिफिकेशन र लागत अनुमान तयार गर्न लगाउदा रु ८,७०,०००/- (आठ लाख सत्तरी हजार) लागत अनुमान भएको ।
छ) उक्त लागत अनुमानमा खरिद गर्न दरभाउपत्रको मध्यमबाट मिति २०८२/०६/०८ मा यस कार्यालयबाट सूचना प्रकाशन भई रु ५,९६,६४०/- (पाँच लाख छयानब्बे हजार छ सय चालिस) मा कबोल गरिएको ।
ज) ठेक्का प्रक्रिया गरिए पनि ठेक्का सम्झौता गर्न सार्वजनिक खरिद ऐन वमोजिम प्रमुख प्रशासकीय अधिकृत नै चाहिने कानूनी व्यवस्था अनुसार उक्त समयमा यस नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत करिव २ महिना रिक्त भई नयाँ प्रमुख प्रशासकीय अधिकृत मिति २०८२/०७/२७ मा हाजिर भए पश्चात तुरुन्तै बोलपत्र प्रक्रिया अगाडि बढाई मिति २०८२/०८/१५ मा सम्झौता भएको ।
झ) स्वीकृत दरभाउपत्रदातालाई उक्त सक्सन पम्प यथासिघ्घ्र जडान गर्न ताकेता गरिएको छ।
