मंसिर २३ नेपाल ।
राष्ट्रिय मानवधिकार आयोग बिराटनगरले दौड प्रतियोगिता कार्यक्रम गरेर ७७औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउने तयारी गरेको छ

७७औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा राष्ट्रिय मानव अधिकार आयोग, कोशी प्रदेश कार्यालयले मानव अधिकार दिवस मनाउने उद्देश्यका साथ दौड कार्यक्रम आयोजना गर्न लागेको व्यहोरा राष्ट्रिय मानवाधिकार आयोग बिराटनगरले जनाएको छ।

जिल्ला बार एशोसिएसन विराटनगरमा आवद्ध सबै कानून व्यवसायीलाई मानव अधिकार दिवस मनाउने कार्यक्रममा सहभागिता लागि समन्वय गरी सहयोग गरिदिन समेत राष्ट्रिय मानवाधिकार आयोग बिराटनगरले अनुरोध गरेको छ।

दौड कार्यक्रम:
मितिः २०८२ मंसिर २४ गते बुधवार,दौड सुरूः बिहान ६:३० बजेदेखि दौडने ट्रयाकः कोशी लोकमार्ग अन्तर्गत विराटनगर महानगरपालिका स्थित राजवंशी चोकदेखि महेन्द्र चोकसम्म ।