मंसिर २३ नेपाल ।

आज मिति २०८२ मंसिर २३ गते नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र एसवाई प्यानल नेपाल लिमिटेड (SYPNL) बीच प्रति शेयर अंकित तथा चुक्ता मूल्य रु.१००।- कायम भएको १,३०,८१,३७१ कित्ता साधारण शेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ। कम्पनीले सर्वसाधारण समक्ष प्रभु क्यापिटल लिमिटेड (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक) मार्फत साधारण शेयर खुल्ला बिक्री आव्हान गरेको थियो।

सर्वसाधारण शेयरधनीहरुमा वितरण गरिएको ५२,३२,५४८ कित्ता (४०%) र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको ७८,४८,८२३ कित्ता (६०%) शेयर समेत गरी जम्मा १,३०,८१,३७१ कित्ता (१००%) साधारण शेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम मिति २०८२ मंसिर २१ गतेको निर्णयानुसार सूचीकरण गरिएको हुँदा सरोकारवाला सबैको जानकारीको लागि नेपाल स्टक एक्सचेञ्जले सूचना प्रकाशित गरेको छ । उक्त कम्पनीको दोस्रो बजार कारोबार मिति २०८२ मंसिर २४ गते बाट हुने सम्झौता भएको छ ।

कम्पनीको प्रधान कार्यालय का.म.न.पा. वडा नं. ३२, तिनकुने, काठमाडौंमा रहेको र सूचीकरण पश्चात् दिनुपर्ने आर.टि.एस.सेवा प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंबाट हुने सम्झौता सूचनामा उल्लेख रहेको छ ।