मंसिर २३ नेपाली ।
आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को सन्दर्भमा निर्वाचन आयोगले आम मतदाताको सहजता तथा सुविधाको लागि विभिन्न मतदान स्थलहरू पुनरावलोकन गरेको छ । पुनरावलोकनको क्रममा कुनै मतदाताको नाम सम्बन्धित मतदानस्थलमा सार्न वा समावेश हुन छुट भएको भए हाल सञ्चालन भईरहेको मतदाता नामावली अद्यावधिक (दावी विरोध) कार्यक्रममा यही मंसिर २६ गते भित्र नामावलीमा रहेको त्रुटि सच्याउने, नाम हटाउने, दावी विरोध गर्ने कामका अतिरिक्त एउटै वडाभित्र रहेको कुनै एक मतदानस्थलबाट आफूलाई पायक पर्ने अर्को मतदानस्थलमा नाम सार्नको लागि निवेदन दिन सक्ने सुविधा समेत रहेको छ ।
यदि कुनै मतदाताले सम्बन्धित वडा भित्रकै अर्को मतदानस्थलमा आफ्नो नाम सार्न चाहेमा सम्बन्धित निर्वाचन कार्यालय गई वा आयोगको वेवसाइट (https://applyvr.election.gov.np) मार्फत अनलाइन निवेदन दिनुहुन आयोग निर्वाचन आयोगले सवै मतदाताहरुलाई अनुरोध गरेको ।

