मंसिर २२ नेपाल ।
मोरङ जिल्ला लेटाङ न.पा. वडा नं. २ बस्ने नविन गौतमको बर्ष १२ की छोरीलाई मिति २०८२ असोज २१ गते अं. १४:०० बजेको समयमा घर देखि बाहिर गई हराई फेला नपरेको र खोजतलास भई रहेकोमा मिति २०८२ कात्तिक ७ गते अं. ११:३० बजेको समयमा जिल्ला मोरङ लेटाङ नगरपालिका वडा नं. २ स्थित वेलवारी चिसाङ सामुदायिक वन जंगल भित्र झाडीमा नामथर वतन र उमेर नखुलेको मानव शरीरको अंगहरु छुट्टाछुटै स्थानमा सडिगली सकेको अवस्थामा फेला परेको जघन्य प्रकृतिको घटनाको सम्बन्धमा घटनास्थलमा वरामद भएका कपडा, हाफ पाईन्ट, चप्पल र घडिको आधारमा आफ्नो बच्चा हो भनि परिवारबाट सनाखत भएकोले उक्त अनुसन्धानको सिलसिलामा केन्द्रीय अनुसन्धान ब्यूरो, कोशी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीबाट घटना सम्बन्धी सुक्ष्म रूपले सूचना संकलन तथा प्राविधिक विश्लेषण गरी घटनामा संलग्न प्रतिवादी पदम बहादुर अधिकारीलाई पक्राउ गरी ज्यान सम्बन्धी कसुर मुद्दा शिर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान भईरहेको नेपाल प्रहरी प्रधान कार्यलय केन्द्रिय अनुसन्धान ब्युरोले प्रेस बिज्ञप्ती जारी गरेर सार्वजनिक गरेको छ।

