मंसिर २२ नेपाल ।
यातायात कार्यालय सुनसरी ईटहरीको सवारी चालक अनुमति पत्रको थप दर्ता सम्बन्धी सेवा मिति २०८२ भदौ २४ गते भएको जेनजी प्रदर्शन पश्चात अवरुद्ध भएकोमा मिति २०८२ मंसिर १७ गतेदेखि दर्ता सम्बन्धी सेवाहरु संचालन भएको हुँदा मिति २०८२ भाद्र महिनादेखि यस कार्यालयमा राजश्व दाखिला गरी प्रयोगात्मक परीक्षा दिन बाँकी वर्ग ई, जी का परीक्षार्थीहरुको परीक्षा मिति २०८२ मंसिर २९ गते सोमबार विहान ७:०० बजेदेखि हुने भएकोले २०८२ मंसिर २८ मा प्रकाशित हुने परीक्षा तालिका अनुसार परीक्षा दिन आउनु हुन सम्बन्धित सबै परीक्षार्थीहरुमा जानकारीको लागि यातायात कार्यलय ईटहरी सुनसरीले जानकारी दिएको छ

