मंसिर २२ नेपाल ।
सर्वोच्च अदालतबाट आज मिति २०८२ मंसिर २२ गतेदेखि मुद्दाको सुनुवाई साविक बमोजिम सर्वोच्च अदालतको एनेक्स भवन र निर्माणाधिन नयाँ भवनबाट समेत हुने गरी निर्धारण गरिएको सर्वोच्च अदालतले जनाएको छ।
मुद्दाको दैनिक सुनुवाई गर्दा पूर्ण एक, संवैधानिक इजलास, इजलास नं. ६, ७, ८, ९ र १० सर्वोच्च अदालतको निर्माणाधिन नयाँ भवनमा र इजलास नं. १ देखि ५ एनेक्स भवनमा सञ्चालन हुने गरी व्यवस्थापन गरिएको अदालत श्रोतले जानकारी दिएको छ ।

