मंसिर २० नेपाल ।
रूपन्देहीको गैडहवा गाउँपालिका-३ पोहवाचोकस्थित दरबार होटल एण्ड रेष्टुरेन्टबाट कटुवा पेस्तोल १ थान र गोली २ राउण्ड सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत सिद्धाथनगर सदरथाना डिहवा बस्ने ५२ वर्षीय महमद महमद रमजान र भारत थानाबासी मरचहवा बस्ने ४२ वर्षीय संजय पासी रहेका छन् । इलाका प्रहरी कार्यालय सूर्यपुराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पेस्तोल सहित पक्राउ गरेको हो । पक्राउ परेका दुवैजना माथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको समाचारमा लेखिएको छ ।