मंसिर १९ नेपाल । निर्वाचन आयोगको मिति २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि अन्तिम मतदाता नामावली प्रकाशन गर्ने प्रयोजनार्थ मतदाता नामावली अद्याबधिक (दाबी विरोध) कार्यक्रम, २०८२ संचालन सम्बन्धि ऎनमा रहेर जिल्ला निर्वाचन कार्यलय नुवाकोटले मतदाता नामावली अद्यावधिक कार्यतालिका सार्वजनिक गरेको छ।
अद्यावधिक कार्यतालिका:
उजुरी परेको मतदातालाई प्रमाणसहित सफाइको मौका दिने मिति:२०८२/०८/२८ गते, मतदाता नामावलीबाट हटाउने सम्बन्धमा आवश्यक छानबीन गरी प्रमुख नाम दर्ता अधिकारीले त्रुटि सच्याउने, नाम हटाउने लगायत कानून बमोजिम निर्णय गर्ने मिति: २०८२/०९/०२ गते,
नाम हटाइएको सूचना निर्वाचन कार्यालय र सम्बन्धित वडा कार्यालयमा प्रकाशन गर्ने र फरक फरक जिल्लामा दोहोरो नाम परेको सम्बन्धमा निवेदन प्राप्त भए सोको छुट्टै विवरण तयार गरी जिल्लामा अद्याबधिक भएको डाटासंगै आयोगमा पठाउने मिति:२०८२/०९/०६ गते,अन्तिम मतदाता नामावली प्रकाशन गर्ने मिति:२०८२/०९/१५ देखि २०८२/०८/२० गते सम्म, कार्य सम्पादन हुने स्थान/सम्पर्क गर्ने स्थान निर्वाचन आयोगको वेबसाईट २०८२/०८/२१ देखि २०८२/०८/२७ गते रहेको जिल्ला निर्वाचन कार्यलय नुवाकोटले जारी गरेको सूचनामा उल्लेख रहेको छ।


