मंसिर १८ नेपाल । प्रधान सेनापति महारथी अशोक राज सिग्देलले मिति २०८२ मङ्सिर १४ र १५ गते भकुण्डेवेशी स्थित श्री नं. २६ बाहिनी अड्डा र सिन्धुली स्थित श्री नं. ९ बाहिनी अड्डा तथा अन्तर्गत युनिटहरुको निरीक्षण भ्रमण गर्नु भएको छ ।
निरीक्षण भ्रमणको दौरान प्रधान सेनापतिले उक्त युनिटहरुको जिम्मेवारी क्षेत्रको वस्तुस्थिति बारे जानकारी लिई आवश्यक निर्देशन दिनुका साथै सकलदर्जालाई सम्बोधन समेत गर्नु भएको थियो ।
