मंसिर १८ नेपाल । कांग्रेसको आसन्न १५ औं महाधिवेशन कार्यतालिका बमोजिम नयाँ कृयाशील सदस्यता वितरण कार्य प्रारम्भ भएको जनाएको छ। योग्यता पुगेका इच्छुक नेपाली नागरिकले पार्टीले तोकेको ढाँचाको आवेदन फारम भरी सदस्यता दस्तुर समेत जम्मा गरि नेपाली कांग्रेस वडा कार्यसमिति मार्फत आवेदन पेश गर्नुहुन सरोकारवाला सम्पुर्णलाई नेपाली काङ्ग्रेसले सूचनाद्वारा सुचित गरेको छ।
सदस्य बन्न आवश्यक कागजात र सर्त:
१. निवेदन फारम (वडा कार्यसमितिले उपलब्ध गराउनेछ)
२. नेपाली नागरिकताको प्रमाणपत्र
३. पासपोर्ट साईजको फोटो २ थान
४. सामाजिक गतिविधि तथा लोकतान्त्रिक आन्दोलनमा सहभागी भएको भए सो को प्रमाण
५. यस अघि कुनै भातृ-भगिनी संगठनमा आवद्ध भएको भए सो कुराको जानकारी
६. पार्टीले तोके अनुसार आवेदन दस्तुर सहित पार्टी सदस्यता आवेदन दिन नेपाली काङ्ग्रेसले आह्वान गरेको छ।

