मंसिर १७ नेपाल । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०८२ मंसिर १५ गते बसेको बैठकले पार्टीको १५ औं महाधिवेशन २०८२ पौष २६, २७ र २८ गते काठमाडौमा आयोजना गर्ने निर्णय गरे बमोजिम १५ औ महाधिवेशनको कार्यतालिका अन्तर्गत नेपाली जनसम्पर्क समितिको पार्टीले तोकेको सममै अधिवेशनको कार्यतालिका सार्वजनिक गरिएको जानकारी गराउँदै तोकिएको मिति भित्र क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरण गरी कार्य सम्पन्न गर्ने, क्रियाशील सदस्यताको सूची, बैठकको निर्णय प्रतिलिपी, क्रियाशील सदस्यता नयाँ र नवीकरणको रकम, जनसम्पर्क समितिका पदाधिकारी एव सदस्यहरुको लेवी रकम सहित पार्टीको केन्द्रीय कार्यालयमा पठाउने र केन्द्रबाट स्वीकृत भएका क्रियाशील सदस्यता र नेपाली जनसम्पर्क समितिका सदस्यहरुबाट अधिवेशन सम्पन्न गर्नु गराउनु हुन काङ्ग्रेसले निर्देशन दिएको छ ।

अधिवेशनको कार्यतालिका

नेपाली जनसम्पर्क समितिले क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणको सम्पूर्ण कार्य गर्ने अवधि २०८२ मंसिर मसान्त भित्र, क्रियाशील सदस्यता नयाँ र नवीकरणको नामावली केन्द्रमा पठाउने अवधि २०८२ पुस ३ गते भित्र, केन्द्रबाट उक्त नामावली स्वीकृत गर्ने अवधि २०८२ पुस ५ गते भित्र, अधिवेशन २०८२ पुस १५ गतेभित्र गरिसक्न नेपाली काङ्ग्रेस केन्द्रिय समितिले निर्देशन दिएको छ।