मंसिर १७ नेपाल । नेपाली कांग्रेसका कार्यवाहक सभापति पुर्ण बहादुर खड्काले अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अपसरमा शुभकामना संदेश जारी गरेका छन । जारी शुभकामना सन्देशमा भनिएको छ
´अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा म सबै अपाङ्गता भएका नागरिक, उहाँहरूका परिवारजन, सरोकारवाला, सम्वन्धित संघ-संस्थाहरू तथा अधिकार-अभियानमा समर्पित सबै अभियान्ताहरूप्रति हार्दिक सम्मान प्रकट गर्दछ` ।
´यस वर्षको अन्तर्राष्ट्रिय अपाङ्गता दिवसले हामीलाई वार्तावक समावेशी समाज निर्माण तर्फ उन्मुख हुन र सामाजिक प्रगतिलाई थप सबल बनाउन उत्साह र प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु` ।
´नेपालको संविधानले सुनिश्चित गरेका समान अधिकार, सहभागिता, सामाजिक न्याय र समावेशिता लगायतका सवालहरूलाई नेपाली काग्रेसले निरन्तर संरक्षण गर्दै आएको छ`।
´संविधान निर्माणको प्रक्रियामा अपाङ्गता भएका व्यक्तिका अधिकारलाई संस्थागत गर्न नेपाली काग्रेसले निर्वाह गरेको अग्रणी भूमिकालाई म यहां स्मरण गर्न चाहन्छु` ।
´पार्टीको विधान तथा नीतिले स्थानीय तहदेखि सघीय सरचनासम्म अपाङ्गता भएका सदस्यहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गरेको छ` ।
´ आगामी दिनमा दिनमा यस यस स सहभागितालाई अझ प्रभावकारी र जिम्मेवारीपूर्ण बनाउने हाम्रो प्रतिवद्धता दृढ छ`।
´शिक्षा, स्वास्थ्य, रोजगार, यातायात र सामाजिक जीवनका सबै क्षेत्रमा अपाङ्गता भएका नागरिकको सहज पहुंच, क्षमता र आवश्यकता अनुसारका अवसर, पहुँचयुक्त भौतिक संरचना तथा दिगो सहायक सेवा सुविधाहरू आजका प्रमुख आवश्यकता हुन्` ।
´ अपाङ्गता भएका व्यक्तिहरूले आत्मसम्मानका साथ समान अवसर र सुरक्षित वातावरणमा बांच्न पाउनु सरकार तथा राजनीतिक दलको साझा दायित्व हो। हामीले आवश्यक अवसर र वातावरण निर्माण गर्न सके, अपाङ्गता भएका नागरिकहरूले राष्ट्रका सबै क्षेत्रमा उत्कृष्ट र प्रेरणादायी योगदान दिन सक्नेछन्` ।
´नेपाली कांग्रेस समावेशिता, समान अवसर, मानव अधिकार र सामाजिक न्यायको पक्षमा निरन्तर दृढतापूर्वक उभिरहनेछ` ।
´अन्त्यमा, अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा सबै अपाङ्गता भएका नागरिक, उहांहरूका परिवारजन, सरोकारवाला, सम्वन्धित सघ सस्थाहरू तथा अधिकार-अभियानमा समर्पित सबै अभियान्ताहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु` ।

