मंसिर १६ नेपाल । सिन्धुलीको सिद्धज्योति शिक्षा क्याम्पसद्धारा विद्यालय तहमा अध्यापन गर्ने तथा भविष्यमा शिक्षण गर्ने शिक्षकहरूमा वालमैत्री प्रविधिअनुसार मन्टेश्वरी शिक्षण सीप विकास गर्ने उद्देश्यले तयार गरिएको “A Non-credit Course on Montessori Teaching Skills Development” को कक्षा तपसिल अनुसार मिति २०८२ मंसिर २१ गतेदेखि सञ्चालन हुने भनि मिति २०८२ मंसिर ०१ गते सूचना प्रकाशित गरिएकोमा उक्त कोर्ष अध्ययन गर्न चाहने व्यक्तिहरूवाट प्रयाप्त आवेदन प्राप्त नभएकोले यो कोर्स अध्ययन गर्न चाहनेले क्याम्पसमा अध्ययनत तथा अध्ययन गरी उत्तिर्ण भएका विद्यार्थीहरू, सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकहरू र अन्य योग्यता पुगेका इच्छुक व्यक्तिहरूलाई पुनः मिति २०८२ मंसिर मसान्त सम्ममा आवेदन दिनुहुनका लागि सिन्धुलीको सिद्धज्योति शिक्षा क्याम्पसले आह्वान गरेको छ।
आबस्यक कागजपत्र र सर्तहरु

कक्षा १२ वा सो सरह उत्तिर्ण गरेको ट्रान्सकिप्ट र नागरिकताको प्रतिलिपी वा परिचय खुल्ने प्रमाणपत्र आवेदन फारम साथ पेश गर्नुपर्ने,आवेदन फारम लेखाशाखा तथा प्रशासन शाखावाट रू. १००।- बुझाउनु पर्ने, अधिकतम ३० जना प्रशिक्षार्थीलाई मात्र भर्ना लिइने,कोर्ष पुरा गरेवापतको शुल्क हाल क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूलाई रू. ३०००।- तथा अन्यत्रवाट आउने व्यक्तिहरूको लागि रू. ५०००।- मात्र लाग्ने,कोर्ष पुरा गर्नको लागि तीन क्रेडीट आवर (४८ घण्टा) को कक्षा सञ्चालन हुने, मन्टेश्वरी पद्धतिमा सञ्चालित विद्यालय सञ्चालन गरिरहनु भएका अनुभवी, दक्ष र योग्य प्रशिक्षकवाट कक्षा सहजीकरण गरिने सिन्धुलीको सिद्धज्योति शिक्षा क्याम्पसले जारी गरेको सूचनामा उल्लेख रहेको छ।
