मंसिर १६ नेपाल । मंसिर १४ गते काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका ६ तिनचुली स्थित एक घरमा कोठा भाडामा लिइ बस्ने भारत देश तारानगर राजस्थान घर भएको वर्ष ३८ को दीपक केजरीवाल (भारतीय पासपोर्ट नम्बर Z66103854) को कोठा चेकजाँच गर्ने क्रममा श्रोत नखुलेको नेपाली नगद रु. १८,१६,५००/- (अक्षरेपि अठार लाख सोह्र हजार पाँच सय), मोबाइल फोन थान-२, चेक बुक थान-२ सहित ओखलढुंगा जिल्ला सिद्धिचरण नगरपालिका १ घर भइ हाल आरुबारी बस्ने वर्ष १९ को दावा शेर्पालाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौले प्रेस बिज्ञप्ती जारी गरेर जनाएको छ।