मंसिर १६ नेपाल । भुक्तानी प्रणाली सञ्चालक फोनपे नेटवर्कको डिजास्टर रिकभरी ड्रील हुन गइरहेको हुँदा मिति २०८२ मंसिर १७ गते बिहान १२:३० देखि बिहान ५:३० सम्म फोनपेका क्युआर भुक्तानी, बिल भुक्तानी, रकमान्तरण तथा मर्चेन्ट भुक्तानी सहितका सम्पूर्ण सेवाहरु अवरुद्ध हुने बैंकले जनाएको छ ।
उक्त अवरोधको समयमा बैंकको डेबिट कार्ड, प्रिपेड कार्ड, क्रेडिट कार्ड, एटिएम, कनेक्ट आईपियस, नेपाल पे क्युआर, स्मार्ट क्युआर, पिओएस जस्ता माध्यमहरु मार्फत कारोबार गर्नुहुन बैंकले अनुरोध गरेको छ।

