मंसिर १५ नेपाल । परिषदको परीक्षा समितिको मिति २०८२ साल मंसिर १२ गतेको निर्णय अनुसार परिषदबाट संचालन हुन लागेको स्नातकोत्तर, स्नातक र प्रमाणपत्र तहको सोह्रौं नाम दर्ता प्रमाणपत्र परीक्षा मिति २०८२ साल मंसिर २८ गते देखि संचालन हुने परिषदले सम्बन्धित सबैमा जानकारीको लागि सूचना प्रकाशित गरेको छ ।
साथै परीक्षा तालिका, प्रवेश-पत्र, परीक्षा केन्द्र र थप अन्य जानकारीको लागि परिषदको आधिकारिक वेबसाईट मा सूचनाहरु प्रकाशन गरी जानकारी गराउने समेत परिषदले जनाएको छ।

