मंसिर १५ नेपाल । नेपालीहरुको प्रमुख गन्तव्य मुलुकको रुपमा रहेको मलेसियामा हाल करिव ४ लाख नेपालीहरु छन् । नेपाली राजदूतावास, मलेसियाले मलेसियास्थित रोजगारदाताहरुबाट आवश्यक कागजातसहित पेश भएका मागपत्रहरु नियमित रुपमा प्रमाणिकरण गरिँदै आइरहेको नेपाली राजदुतावास मलेसियाले जनाएको छ ।
पछिल्लो समयमा एम्बेस्सीको वेबसाईट प्रयोगको नाममा अनियमित गतिविधिहरु हुने गरेको भन्ने एम्बेस्सीले जानकारी दिदै सम्बन्धित सेवाग्राही सबैलाई सचेत हुन सूचना प्रकाशन गरेको छ ।
एम्बेस्सीले भनेको छ विभिन्न व्यक्ति तथा समूहबाट दूतावासमा विभिन्न कम्पनीको नाममा मागपत्र प्रमाणिकरणका लागि कागजातहरु अनलाइन प्रणालीमा प्रविष्ट गरेको भनि स्क्रिन सट गरी विभिन्न व्यक्ति तथा नेपालस्थित मेनपावर व्यवसायीलाई पठाउने तथा अपलोड गरेको स्क्रिन सटलाई ईडिट गरी पठाउने गरेको,मलेसिया सरकारको गृह मन्त्रालय ले जारी गरेको एउटै केडिएन नम्बर देखाई झुक्याउने तथा केडिएन नम्बरलाई ईडिट गरी विभिन्न व्यक्ति तथा संस्थालाई पठाई प्रलोभनमा पार्ने गतिविधि भएको, मागपत्र प्रमाणिकरण सम्बन्धी कागजात सम्वन्धित रोजगारदाताले नै अनलाइन प्रणालीमा प्रविष्ट गर्नुपर्नेमा अनलाइन प्रणालीको युजरनेम र पासवर्ड अनाधिकृत व्यक्तिहरुको पहुचमा पुग्न गई रोजगारदाता कम्पनीको जानकारी वा सहमति वेगर समेत मागपत्रहरु अनलाइन प्रणाली पेश हुने गरेको भन्दै यस्तो गतिविधिवाट पर्नसक्ने जोखिमको जिम्मेवार सम्बन्धित व्यक्ति/संस्था/रोजगारदातानै हुनेहुँदा त्यस्ता गतिविधिमा संलग्न नहुन र समयमा नै सचेत हुन सम्बन्धित सबैलाई नेपाली राजदूतावास, मलेसियाले नेपाली कामदारहरुलाई सचेत हुन सूचना जारी गरेको छ।
