मंसिर १३ नेपाल । परीक्षा संचालन समितिको मिति २०८२ मंसिर १२ गतेको निर्णयानुसार त्रिभुवन विश्वविद्यालय कानून संकाय, डीनको कार्यालय काठमाडौंद्वारा २०८२ सालमा लिइने स्नातक तह बि.ए. एलएल. बी. पाँचौ सिमेष्टरको सिमेष्टर सत्रान्त परीक्षा सञ्चालन गर्ने सम्बन्धमा परीक्षा फाराम भर्नको लागि सम्बन्धित क्याम्पस कलेजमा सम्पर्क गर्न विद्यार्थीहरुलाई त्रिभुवन बिश्व बिद्यालय परिक्षा नियन्त्रण कार्यलयले सूचना जारी गरेको छ।
परीक्षा सञ्चालन हुने तालिका-
परीक्षा फारम बितरण:-मिति २०८२/०८/१४ देखि २०८२।०८।२१ गते सम्म,परीक्षा फारम शुल्क (नियमित): :- समुह रू २,६००।- (अक्षेरूपी दुईहजार छ सय मात्र, (आँशिक) – रू १०००।- (अक्षेरूपी एक हजार मात्र, अघिल्लो ग्रेड सिटको छायाँ प्रति अनिवार्य पेश गर्नु पर्ने,दोब्बर दस्तुर तिरी फारम भर्न पाउने:-२०८२२०८।२५ गते सम्म, प्रवेश पत्र वितरण मिति २०८२।०८।२९ गते सम्बन्धित कलेजहरूबाट ।
परीक्षा शुल्क, आन्तरीक परीक्षाको सबै विषयको प्राप्तांक र परीक्षा फाराम डीनको कार्यालयमा मिति २०८२१०८/२६ गते सोमबार साँझ ०३:३० बजे बजे भित्र अनिवार्य रुपमा बुझाउनु पर्ने। साथै क्याम्पस कलेजले लिने आन्तरिक परीक्षामा अनुतीर्ण भएका वा एन. क्यु लागेका विद्यार्थीहरुले सिमेष्टर सत्रान्त परीक्षामा सहभागी हुन नपाइने
परीक्षा केन्द्र महेन्द्ररत्न क्याम्पस, ताहाचल, काठमाण्डौं (नेपाल ल क्याम्पस र नेशनल ल कलेजका सम्पूर्ण परीक्षार्थीहरु) (पृथ्वी नारायण क्याम्पस, पोखराका सम्पूर्ण परीक्षार्थीहरु । पृथ्वी नारायण क्याम्पस, पोखरा।
परीक्षा समय: बिहान ०८:०० बजे देखि ११:०० बजे सम्म (०३ घण्टा)

