मंसिर १३ नेपाल । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा जनसङ्गठन समन्वय सम्यन्त्र संयोजक भानुभक्त ढकालको प्रमुख आतिथ्यतामा र पार्टी पोलिट्ब्युरो सदस्य क. महेश बस्नेतको विशेष आतिथ्यतामा नेशनल भोलिन्टियर फोर्सको केन्द्रीय सचिवालयको प्रथम बैठक सङ्गठनका प्रमुख कमाण्डर क. पुष्पराज श्रेष्ठको अध्यक्षतामा बसी विभिन्न निर्णयहरु गर्दै बैठक सम्पन्न भएको छ।
बैठकका प्रमुख अतिथि क. भानुभक्त ढकालले २०८२ मङ्सिर ५ गते बैठकमा केन्द्रीय कमाण्ड घोषणा भएका केन्द्रीय सचिवालयका सदस्यहरु पद तथा गोपनियताको सपथ खुवाउनु भएको थियो। बैठकमा प्रमुख अतिथि क. भानुभक्त ढकाल र विशेष अतिथि क महेश बस्नेतले मार्ग निर्देशनात्मक मन्तव्य राख्नु भएको थियो।
नेशनल भोलिन्टियर फोर्सको आवश्यकता महसुस गरी सङ्गठनको परिकल्पना गरी गठनमा महत्वपुर्ण भुमिका सहित मार्ग निर्देशन गर्नु हुने पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका पार्टी अध्यक्ष क. के पी शर्मा ओली प्रति बैठकले हार्दिक धन्यवाद ज्ञापन गर्ने निर्णय गर्यो। फोर्स गठन साथै यसको विधि विधान निर्माणमा महत्वपुर्ण भुमिका निर्वाह गर्नु हुने नेशनल भोलिन्टियर फोर्स निर्माण कार्यदलका संयोजक क. महेश बस्नेत सहित सम्पुर्ण सदस्यहरुलाई पनि धन्यवाद प्रस्ताव पास गरेको छ।

बैठकले नेशनल भोलिन्टियर फोर्सको केन्द्रीय कमाण्डको प्रथम बैठक २०८२ मंसिर २५ गते भक्तपुर सल्लाघारीमा आयोजना गर्ने निर्णय गरेको छ । देश भाद्र २३ र २४ गतेको जेन जी आन्दोलन पश्चात विसम परिस्थितिबाट गुज्रिरहेको भन्दै जेन जी आन्दोलनको ह्याई ज्याकर तथा योजनाकार बालेन साह, सुदन गुरुङ लगायत अराजकहरुले बारा सिमरा, विराटनगर, सुर्खेत र धनगढी लगायत स्थानहरुमा नेकपा एमालेका नेता कार्यकर्ताहरु माथि अवरोध पुर्याउने, सभा सम्मेलन गर्न अवरोध गर्ने र परिस्थितिलाई असामान्य बनाएर अराजकता फैलाएर लोकतन्त्र माथि प्रहार गर्न खोज्ने उद्दत रहेको प्रष्ट पारेको छ । उक्त घटनाहरुमा नेकपा एमाले पार्टी र नेतृत्व लक्षित प्रहार विरुद्द सशक्त प्रतिवादमा उत्रिनु हुने राष्ट्रिय युवा सङ्ङ्ग नेपालका नेता कार्यकर्ता धन्यवाद व्यक्त गरेको छ ।
बैठकले एमाले लगाएत नेपाली जनताले लडेर ल्याएको गणतन्त्र र लोकतन्त्रमा स्वतन्त्रताको नाममा स्वछन्दता र अराजकता गतिविधि अस्विकार गरेको छ । साथै एमाले नेता तथा कार्यकर्ताहरूलाई नेपाल प्रहरीले गिरफ्तार गरी झुटा मुद्दा दर्ता गरेको प्रति निन्दा गर्दै निर्दोष नेता कार्यकर्ताहरुलाई यथाशिघ्र रिहाई गर्न सरकार सग माग गरेको छ ।
बैठकले देश, जनता र पार्टी पङ्क्तिको सुरक्षाको लागि “जनताको सुरक्षा जनता मार्फत” नै भन्ने उद्देश्यले स्थापना भएको सङ्गठन हामी नेपालका सुदन गुरुङ र सम्राट उपाध्याय लगायत अराजक झुन्डहरुलाई यथाशीघ्र आवश्यक कारबाही अघि बढाउन नेपाल सरकार समक्ष जोडदार माग गर्ने निर्णय गरेको छ ।
नेशनल भोलिन्टियर्स फोर्सले हामी नेपालका सुदन गुरुङ र सम्राट् उपाध्याय लाई तत्काल कारबाही गर्न सरकार सग माग सनेम गरेको छ ।
