मंसिर १३ नेपाल । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०८२ मंसिर १४ गते आइतबार दिनको २:०० बस्ने भनिएको बैठक २०८२ मंसिर १५ गते सोमबार दिनको २:०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थितिका लागि नेपाली कांग्रेस केन्द्रिय समितिले अनुरोध गरेको छ ।