मंसिर १३ नेपाल । जिल्ला स्याङ्जा साविक बाहाकोट गा.वि.स. ०७ हाल पुतलिबजार नगरपालिका वडा नम्बर-०८ गेउडाँडा मा भएको डाँका चोरी घटनाको सम्बन्धमा मिति २०४३।१०।०७ गते सम्मानित स्याङ्जा जिल्ला अदालतबाट फैसला भई फरार रहेका जिल्ला स्याङ्जा, कोल्मा बराहचौर गा.वि.स.वडा नं. ८ हाल पुतलिबजार नगरपालिका वडा नं. ८ अरभ्याड बस्ने कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका जिल्ला स्याङ्जा, कोल्मा बराहचौर गा.वि.स.वडा नं. ८ हाल पुतलिबजार नगरपालिका वडा नं. ८ अरभ्याड बस्ने राम बहादुर शाहीको छोरा बर्ष ६४ को कान्छो भन्ने बुद्धि बहादुर शाहीलाई जिल्ला प्रहरी कार्यालय, स्याङ्जाबाट खटिएको विशेष अप्रेसन टोलीले मिति २०८२।०८।१० गते निजको वतनबाट पक्राउ गरी मिति २०८२।०८।११ गते कैद तथा जरिवाना भुक्तान लागि सम्मानित स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराएकोमा जिल्ला कारागार, स्याङ्जा चलान भएको स्याङ्जा जिल्ला प्रहरी कार्यलयले प्रेस बिज्ञपति जारी गरेर जनाएको छ।

