मंसिर १२ नेपाल । स्थानीय तहका प्रमुख तथा उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षले सरकारी सवारी साधन लिई विवाह, व्रतवन्ध, मलामी, घुमफिर लगायतमा प्रयोग गरी सवारी साधन तथा इन्धनको व्यापक दुरुपयोग गर्ने गरेका त्यसैगरी हिमाली जिल्लाका स्थानीय तहका हाकिमहरु तथा जनप्रतिनिधिले व्यक्तिगत काममा समेत काठमाण्डौ आउन/जान सरकारी सवारी साधन प्रयोग गरी इन्धन, चालकको दैनिक भ्रमण भत्ता, मर्मत समेतमा भुक्तानी लिने गरेको साथै उक्त पदाधिकारीहरुले कानुन विपरीत भान्से तथा आवास सुविधा लिई करोडौ रकम गैरकानुनी रुपमा खर्च गर्ने गरेको भन्ने लगायतका व्यहोराको उजुरी श्री प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, हेलो सरकार मार्फत राष्ट्रिय सतर्कता केन्द्रमा परेको छ।

प्राप्त हुन आएको उजुरीले उल्लेखित सन्दर्भमा “स्थानीय तहका जनप्रतिनिधि एवं पदाधिकारी तथा कर्मचारीहरुको सुविधाको सम्वन्धमा प्रचलित कानुनको पूर्ण रुपमा पालना गर्न/गराउन तथा स्पष्ट नभएका विषयमा काननुको परिधिमा रही आवस्यक कार्यविधि एवं मापदण्ड बनाई सो वमोजिम गर्न/गराउन भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३८ (१) (छ) वमोजिम सम्पूर्ण स्थानीय तहलाई निर्देशन दिने र सो निर्देशनको परिपत्र तहाँ मन्त्रालय मार्फत गर्ने” भन्ने यस केन्द्रको उजुरी व्यवस्थापन समितिवाट मिति २०८२मंसिर ३ मा निर्णय भएकोले सोही वमोजिम तहाँवाट परिपत्र गरी सोको जानकारी राष्ट्रिय सतर्कता केन्द्रलाई उपलब्ध गराउनुहुन <span;>राष्ट्रिय सतर्कता केन्द्रले परिपत्र गरेको छ।