मंसिर १२ नेपाल । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ११२ तथा नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएको एकीकृत निर्देशन २०८१ को इ.प्रा. निर्देशन नं. १६/०८१ को बुँदा नं. ३ (४) बमोजिम यस बैंकमा विगत १० वर्ष देखि चल्ती नभएका वा हकदाबी नपरेका निक्षेप खाताहरु सक्रिय गर्न वा नियमानुसार हकदाबी गर्न आउनुहुन बैंकले सम्बन्धित सबैमा अनुरोध गरेको छ ।
साथै, २० वर्षसम्म निक्षेप बुझ्न नआएको वा कसैको हकदाबी पर्न नआएको रकम उल्लेखित व्यवस्था बमोजिम नेपाल राष्ट्र बैंकको “बैंकिङ्ग विकास कोष” मा जम्मा गरिने तथा सोहि निर्देशनको बुँदा नं. ३ (३) बमोजिम १० वर्ष देखि शून्य मौज्दात रही कारोबार नभएका खाताहरु सक्रिय नभएमा सो खाताहरु बन्द गरिने व्यहोरा समेत सम्बन्धित बैंकले जनाएको छ ।
