मंसिर १२, नेपाल ।
सिन्धुली जिल्लामा २०८२ भाद्र २४ र २५ मा भएका आन्दोलनका क्रममा आपराधिक मनसायका व्यक्तिहरूले सरकारी तथा गैर–सरकारी कार्यालय, सार्वजनिक स्थल तथा निजी घर–सम्पत्तिमा आगजनी, तोडफोड र विध्वंसजन्य कार्य गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीले घटनासम्बन्धी प्रमाण उपलब्ध गराउन अनुरोध गरेको छ।

प्रहरीका अनुसार घटनाको अनुसन्धानलाई अघि बढाउन CCTV फुटेज, भिडियो, फोटो लगायत प्रमाणहरू अत्यावश्यक भएकाले यस्तो सामग्री इमेल वा व्हाट्सएपमार्फत पठाइदिन आग्रह गरिएको हो।

यसबाहेक, पहिचान गर्न सकिने व्यक्तिहरूको विवरण, घटनामा संलग्न समूहका गतिविधि तथा लुटपाट वा क्षति पुगेका सामग्रीबारे जानकारी भएमा समेत प्रहरीलाई सूचित गर्न अपिल गरिएको छ।

प्रहरीले सूचनादाताको पूर्ण गोपनीयता कायम गरिने बताउँदै घटनामा संलग्न व्यक्तिहरूविरुद्ध कडा कानुनी कारबाही अघि बढाइने जनाएको छ।

सम्पर्क:
📧 dposindhuli_aa@nepalpolice.gov.np
📱 WhatsApp: 9854090398