मंसिर ११ नेपाल । प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ (एघारौं संशोधन २०८१) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सचिवालयमा विभिन्न पदका कुल ६६ जनाको दरबन्दी कायम रहेको भएपनि अति जरुरी पदमा मात्र नियुक्ति गरी जम्मा २० जनाको मात्र सचिवालय बनाएर मितव्ययी ढङ्गले कामकाज हुँदै आएको व्यहोरा सम्माननीय प्रधानमन्त्रीज्यूको सचिवालयवाट विज्ञप्ति मार्फत स्पष्ट पारेको छ।

जेनजी युवा पुस्ता लगायत विभिन्न पक्षबाट उठाइएका प्रत्रलाई लिएर सम्माननीय प्रधानमन्त्रीज्यूले आफ्नो सचिवालय तथा विज्ञ समूहको आकार घटाउने निर्णय भए अनुसार अब सचिवालयमा मुख्य सल्लाहकार १, जनसम्पर्क सल्लाहकार १, प्रमुख स्वकीय सचिव-१. प्रेस संयोजक -१. स्वकीय शाखा अधिकृत (फोटोग्राफर) १ र जनस्वास्थ्य विज्ञ (अवैतनिक) -१ गरी ६ जना मात्र कायम राखी बाँकी सबै पदको नियुक्ति मिति २०८२ मंसिर ११ गतेदेखि लागू हुनेगरी खारेज गरेको व्यहोरा सम्बन्धित सबैको नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रेस बिज्ञप्ती जारी गरेर जनाएको छ ।
