मंसिर ११ नेपाल । जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा दर्ता भएका केही संघ-संस्थाहरुमा विधान विपरितका गतिविधि हुने गरेको, कार्यसमितिले मनोमानी ढंगबाट कार्य गरेको, आर्थिक अनियमितता हुने गरेको लगायतका विषयहरुमा वारम्वार गुनासो एवं उजुरी परेको भन्दै जिल्ला प्रशासन कार्यलय काठमाडौंले गंभिर ध्यानाकर्षण भएको जनाएको छ ।

 

 

 

उक्त उजुरी माथि संघ-संस्थाहरुको सम्बन्धमा छानविन गरी प्रतिवेदन पेश गर्न जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृतको संयोजकत्वमा ३ सदस्यीय समिति गठन भएको, संस्थाका विवादित विषयमा समितिले छानविन गरी प्रतिवेदन पेश गरे पश्चात् त्यस प्रकृतिका संस्था सम्बन्धी थप आवश्यक निर्णय हुने जिल्ला प्रशासन कार्यलय काठमाडौंले जनाएको छ।