मंसिर ९ नेपाल । प्रतिनिधि सभा सदस्यको निर्वाचन २०८२ मा जनमत पार्टीको उम्मेदबार पार्टीले तोकेको मापदण्ड पूरा गरेका सम्भावित निवेदकहरूबाट छनौट गरेर केन्द्रीय कार्यकारिणी समिति/केन्द्रीय सचिवालय समितिले घोषणा गर्नेछ ।
अन्य जिल्ला वा प्रदेश समितिहरूले पनि होइन। त्यतिञ्जेलसम्म कुनै पनि उम्मेदबार आधिकारिक नभएको र पार्टीको तर्फबाट नतोकिएको जानकारी जनमत पार्टीले भनेको छ । कसैले आफैले प्रचारबाजी गर्दा टिकट नपाए पछिको अवस्थाको जिम्मेबार स्वयं आफै हुने व्योहोरा समेत पार्टीले जनाएको छ।

मिति २०८२-०८-०७ गते केन्द्रीय सचिवालय समितिका बैठकले दिएको जिम्मेबारी अनुसार यस विषयमा मा.ई.बसन्त कुमार कुशवाहाज्यूलाई सम्पर्क गर्न जनमत पार्टीले प्रेस बिज्ञप्ती जारी गरेर भनेको छ।
