मंसिर ९ नेपाल । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय डीनको कार्यालय बल्खुले स्नातकोत्तर तह M.Ed. and MSSEd कार्यक्रमको भर्ना सम्बन्धी कार्यतालिका सार्वजनिक गरेको छ।
शैक्षिक सत्र २०८२/०८३ का लागि सेमेस्टर प्रणालीमा आधारित स्नातकोत्तर तह M.Ed. and MSSEd कार्यक्रम प्रथम सेमेस्टरमा भर्नाका लागि सञ्चालन हुने प्रवेश परीक्षा, भर्ना तथा कक्षा सञ्चालन सम्बन्धी भर्ना कार्यक्रम अन्तगर आवेदन फाराम बुझाउने अवधि २०८२ साल मङ्सिर १ गतेदेखि पुस १६ गतेसम्म, प्रवेश परीक्षा : २०८२ पुस २० गते आइतबार दिउँसो १:०० बजेदेखि ३:०० बजेसम्म, नतिजा प्रकाशन : २०८२ पुस २३ गते, विद्यार्थी भर्ना : २०८२ पुस २४ गतेदेखि माघ १५ गतेसम्म र कक्षा सञ्चालन : २०८२ माघ १८ गतेदेखि हुने डिनको कार्यलय द्वारा जारी सूचनामा उल्लेख रहेको छ।

आवेदन फाराम विद्यार्थीहरूले भर्ना हुन चाहेको क्याम्पस/कलेजमा सम्पर्क गरी अनलाइन मार्फत बुझाउनुपर्नेछ । म्याद नाघी आएको आवेदन फाराम नलिने । आवेदन फाराम यस सङ्कायको वेबसाइट www.tufoe.edu.np मा रहेको online form भित्र गई entrance registration (Master) मार्फत भर्न सकिनेछ । प्रवेश परीक्षा शुल्क एक हजार पाँच सय, Online Entrance Registration (Master) भित्र गई e-sewa payment मार्फत मात्र बुझाउनुपर्ने डिनको कार्यलय द्वारा जारी सूचनामा उल्लेख रहेको छ।
