मंसिर ७ नेपाल। प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ र प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को समानुपातिक निर्वाचन प्रणाली तर्फको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति प्रतिनिधि सभा सदस्य निर्वाचन, ऐन २०७४ को दफा ३० को उपदफा (१) तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० को उपदफा (१) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम नाम हटेको अवस्थामा बाहेक प्रतिनिधि सभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फको उम्मेदवार हुन पाउने छैन।

प्रचार प्रसार निषेध अवधि मतदान सुरू हुने दिनभन्दा ४८ घण्टा भन्दा अगाडि अर्थात् २०८२ फागुन १८ गते राति १२:०० बजेदेखि लागू हुनेछ।

निर्वाचन क्षेत्रका सबै मतदान केन्द्रमा मतदान सम्पन्न भई मतदान भएका सबै मतपेटिका मतदान अधिकृतबाट प्राप्त गरी सुरक्षित रूपमा भण्डारण भएपछि निर्वाचन अधिकृतले मतगणना कार्य शुरू गर्नेछ।

निर्वाचन कार्यक्रम:
उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने-२०८२/१०/०६ गते निर्वाचन अधिकृतको कार्यालय, मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने-२०८२/१०/०६ गते, उम्मेदवारको विरोधमा उजुरी दिने
२०८२/१०/०७ गते, मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने २०८२/१०/०७ र २०८२/१०/०८ गते, उम्मेदवारको नामावली प्रकाशन गर्ने -२०८२/१०/०८ गते , उम्मेदवारको नाम फिर्ता लिने-२०८२/१०/०९ गते, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने-२०८२/१०/०९ गते, उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने-२०८२/१०/०९ गते र अन्तिम मतदान-२०८२/११/२१ गते सम्बन्धित मतदान केन्द्र ।