मंसिर ७ नेपाल । आज नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतमाथि विराटनगर एयरपोर्टबाट राष्ट्रिय युवा संघ नेपालको कार्यक्रममा सहभागी हुन जाने क्रममा गाडीमा बेलुन प्रहार भएको छ । घटमामा संलग्न नेपाली काङ्ग्रेस निकट नेविसंघ (शेखर समूह) मोरङ क्याम्पस इकाइ सभापति सञ्जोग गौतमलाई प्रहरीले नियन्त्रणमा लिईएको छ ।

जेन जी आन्दोलनको नेता सुदन गुरुङ लगायतको समुहले पार्टी कामको सिलसिलामा काठमाडौंमा रहेका पुर्व मन्त्री तथा नेकपा एमालेका नेता किसान श्रेष्ठको जितपुर सिमरा-४ औराहामा रहेको घरमा पुगेर गुण्डागर्दी शैलीमा परिवारका सदस्य तथा पूनर्निमाणको काममा खटिएका कामदारलाई धम्काएको नेकपा एमाले निकट नेसनल भोलिन्टियर्स फोर्सले जनाएको छ ।

मंसिर ३ गते राष्ट्रिय युवा संघ बारा जिल्लाको कार्यक्रमा सहभागी हुन जाने क्रममा नेकपा एमालेका महासचिव शकर पोखरेल लगायत नेताहरुलाई अवरोध पुर्याउन सिमरा एअरपोर्टजस्तो संवेदनशील क्षेत्रमा प्रवेश गरी गेट भत्काउने र परिस्थितिलाई असामान्य बनाउन खोजेको र अराजकता फैलाएर लोकतन्त्र माथि प्रहार गर्न खोजेको नेसनल भोलिन्टियर्स फोर्सले बताएको छ ।

भाद्र २३ र २४ गतेको जेन जी आन्दोलनको क्रममा सरकारी कार्यालयदेखि लिएर निजी घरमा आगजनी गर्ने घटनाका मुख्य योजनाकारहरू सम्राट उपाध्याय रहेको नेसनल भोलेन्टियर्स फोर्सले आरोप लगाएको छ।

एमालेबाट निर्वाचित वडाअध्यक्षहरू र राष्ट्रिय युवा संघ नेपालका नेताहरूलाई नेपाल प्रहरीले गिरफ्तार गरी झुटा मुद्दा दर्ता गरेको भन्दै नेकपा एमाले ले निर्दोष नेता कार्यकर्ताहरुलाई यथाशिघ्र रिहाई गर्न सरकार संग भोलिन्टियर्स फोर्स ले माग गरेको छ।

सुशीला कार्की नेतृत्वको सरकारले अपराधीहरूलाई कार्वाही गर्नुको सट्टा संरक्षण गर्दै लोकतन्त्रमा अराजकतामा विश्वास गर्नेहरुलाई प्रशय दिएको भन्दै ´हाम्रो सङ्गठन हामी नेपालका` सुदन गुरुङ र सम्राट उपाध्याय लगायतलाई यथाशीघ्र आवश्यक कारबाही अघि बढाउन नेसनल भोलिन्टियर्स फोर्सले माग गरेको छ। कारबाही नगरे नेसनल भोलिन्टियर्स फोर्सले प्रतिरोध गरेर जवाफ दिने चेतावनी समेत दिएको छ।