मंसिर ६ नेपाली । नागरिक बचाउ महाअभियान नेपालद्वारा २७ बुदे माग राखि मिति २०८२ साल मशिर ७ गतेबाट राष्ट्र, नागरिक र धर्म जोगाउ भन्दै अनिश्चितकालिन नेपाल बन्द कार्यक्रम घोषणा गरेको छ।

उक्त नेपाल बन्द कार्यक्रममा आ-आफ्‌ना उद्योग धन्दा, कलकारखाना, बैंक तथा वितिय सस्थाहरु, व्यापार व्यवसाय, शैक्षिक प्रतिष्ठान, यातायात बन्द गरि नागरिक स्तरबाट सहभागीता जनाइ सहयोग पुर्याइदिन नागरिक बचाउ महाअभियानले अनुरोध गरेको छ ।

बन्द कार्यक्रमको अवज्ञा गरि कोही कसै अज्ञात समुहबाट तोडफोड र आगजनी र लुटपाट भएमा
नागरिक बचाउ महाअभियानले जिम्मेवारी नलिने समेत जनाएको छ ।