मंसिर ६ नेपाल । संसद पुनर्बहालीको माग गर्ने नेकपा एमाले एक्लिएको छ । नेपालका प्राय सवै ठुला राजनीतिक दलहरुले चुनावमा भाग लिने निर्णय गरिसकेका छन भने चुनावी प्रचार प्रसार अभियानमा लागिसकेका छन । तर नेकपा एमाले पार्टीले सुसिला कार्की नेतृत्वको सरकारले फागुन २१ मा घोषणा गरेको चुनाव हुदैन चुनावमा भाग नलिने भन्दै संसद पुनर्बहालीको पक्षमा जनप्रदर्शन गर्दै आएको छ। अर्कोतिर सुसिला कार्किको नेतृत्वको सरकारले नेकपा एमालेलाई चुनावमा सहभागी गराउन गम्भीर ढंगले समन्वय गरेको पाईदैन। एमालेका केहि नेत्ताले बर्तमान सरकारलाई निर्वाचनको बाताबरण नबनाएको आरोप लगाउदै आएका छन ।
नेपाली कांग्रेसको आज सप्पन्न केन्द्रिय समितिको बैठकले निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा वर्तमान राजनीतिको उचित निकास निर्वाचन नै हो भन्ने ठहर गर्दै नेपाली कांग्रेस फागुन २१ को निर्वाचनमा भाग लिने निर्णय गरेको छ ।
निर्वाचन मार्फत् नै संविधानको रक्षा तथा जेन-जेड प्रदर्शनका क्रममा परिवर्तनका लागि उठाइएका आवाजलाई संस्थागत रूप दिँदै देशलाई अघि बढाउन सकिन्छ भन्ने नेपाली कांग्रेस विश्वास गरेको छ ।
निर्वाचनका लागि भयरहित वातावरण अपरिहार्य छ। तर हाल हजारौँ कैदीबन्दी फरार रहनु, ठूलो परिमाणमा हातहतियार हराइरहनु, राजनीतिक दलहरूले निर्वाध रूपमा आफ्ना कार्यक्रम सञ्चालन गर्न नपाउनु र निर्वाचनका लागि आवश्यक न्यूनतम अवस्था पनि स्थापित हुन नसक्नु— यी सबै परिस्थितिहरू अत्यन्त गम्भीर छन् । तत्काल शान्ति–सुरक्षामा सुधार ल्याउन, सुरक्षाकर्मीको मनोबल उच्च बनाउन नेपाली कांग्रेसले सरकारसँग जोडदार माग गर्दै फागुन २१ को निर्वाचन स्वच्छ भयरहित शान्तिपुर्ण रुपले निर्वाचन सप्पन्न गराउन शान्ति सुरक्षाको व्यवस्था गर्न नेपाली काङ्ग्रेसले सरकार समक्ष माग समेत गरेको छ ।
एमाले पार्टीले चुनाव भाग नलिने घोषणा गरिरहेको अवस्थामा
नेकपा एमालेको सहभागीता बिना फागुन २१ मा हुने चुनावको औचित्य रहन्छ भन्ने आम नेपाली नागरिकमा चासो चिन्ता जिज्ञासा् उत्पन्न भएको छ। यद्यपि नेकपा एमाले पार्टीले फागुन २१ को निर्वाचनमा भाग लिनेकि नलिने भन्ने आधिकारिक निर्णय गरिनसकेको एमालेका केही ठुला नेत्ता श्रोतले बताउने गरेका छन् ।

