मंसिर ५ नेपाल । नेपाल धितोपत्र बोर्ड खुमलटार, ललितपुरमा द्वारा लोक सेवा आयोगबाट सहमति प्राप्त भए बमोजिम यस बोर्डका विभिन्न पदमा खुला तथा समावेशी प्रतियोगिताबाट स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले नेपाल धितोपत्र बोर्ड कर्मचारी सेवा शर्त नियमावली, २०६८ (संशोधन सहित) अनुसार योग्यता पुगेका नेपाली नागरिकहरूबाट दररखास्त दिन आह्वान गरेको छ।
तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूले बोर्डको वेवसाईट https://www.sebon.gov.np/ मा रहेको Career Tab भित्र गई https://www.sebon.gov.np/career लिङ्ङ्कबाट अनलाईन दरखास्त प्रणालीमार्फत आवेदन दिन सक्ने बोर्डले जनाएको छ।
दरखास्त बुझाउने अन्तिम दिन बिदा पर्न गएमा कार्यालय खुलेको अर्को दिनसम्म दरखास्त बुझाउन सकिनेछ। लिखित परीक्षा लोक सेवा आयोगबाट सञ्चालन हुनेछ। रीत नपुगेको र म्याद नाघी आएको दरखास्त उपर कुनै कारबाही गरिने छैन । बोर्ड द्वारा जारी सूचनामा उल्लेख रहेको छ।

