मंसिर ३ नेपाल । संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्य सहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले दुर्गा प्रर्साईंलाई बिनासर्त रिहाई गर्न सरकार सग माग गरेको छ।
´जेनजी आन्दोलनको बलमा निर्माण भएको अन्तरिम सरकारबाट कानुनी राज्यको सम्मान हुन्छ, सुशासन वहाली हुन्छ र कम्तिमा पुराना सरकारका गल्ती कमजोरी दोहोरिन्न भन्ने आम अपेक्षा थियो । यद्यपि जनअपेक्षाविपरीत रातको १२:३० बजे के के नै बितिहाल्छ भनेजस्तो गरेर सरकारले अभियन्ता दुर्गा प्रसाईंलाई उहाँको निवासवाट मंसिर २ गते पक्राउ गरेको छ, जो दुःखद मात्र नभएर निन्दनीय छ` ।
´यस सन्दर्भमा मानवअधिकारका विश्वव्यापी मान्यता अक्षरस पालना गर्न, अभिव्यक्ति स्वतन्त्रता तथा शान्तिपूर्ण सभा सम्मेलन गर्ने प्रजातान्त्रिक अधिकार सम्मान गर्न र अभियन्ता दुर्गा प्रसाईंलाई बिना शर्त अविलम्ब रिहा गर्न सरकारको ध्यानाकर्षण गर्दछौं` ।
´नागरिक स्वतन्त्रता र प्रजातान्त्रिक हक अधिकार विपरीत गरिएका असंवेदनशील कार्यबाट समाजमा असहजता सिर्जना हुनसक्ने र यसको जिम्मेवारी सरकारमै निहीत रहने अनुरोध समेत गर्दछौं` ।संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी द्वारा हस्ताक्षर भएको प्रेस बिज्ञप्तिमा भनिएको छ।
