मंसिर ३ नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज बाराको सिमरा विमानस्थलमा भएको घटना अत्यन्तै संबेदनसिल षड्यन्त्रमुलक भएको बताएको छ ।

पार्टी केन्द्रीय कमिटी बैठकले उक्त घटनामा सम्बन्धमा सरकारले गम्भीरता पुर्वक ध्यानदिनु पर्ने बताएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले भनेको छ कुनै पनि राजनीतिक दल ब्यक्ति समुहले शान्तिपुर्ण रुपले सार्वजनिक कार्यक्रम आयोजना गर्न पाउनुपर्ने र सरकारले त्यसको लागि आवश्यक सुरक्षाको बन्दोबस्त उपलब्ध गराउनुपर्ने पार्टीले निष्कर्ष निकालेको पार्टी श्रोतले जनाएको छ ।

सरकारले घोषणा गरेको निर्वाचनको माहोल बिगार्न आजको घट्ना घटाईएको रास्वपाले आसंखा समेत गरेको छ।