मंसिर ३ नेपाल । त्रिभुवन विश्वविद्यालयको जग्गा मिच्नेमाथि अनुसन्धान खोजबिन गरि आबस्यक कारबाही गर्न सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रतिवेदन दिएको बुझिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले भने ´अख्तियारले आबस्यक कारबाही अगाडि बढाओस् भनेर प्रतिवेदन दिइसकेको बताएका छन । ‘मिचिएक जग्गा सम्बन्धमा आबस्यक छानबिन गरेर त्रिभुवन विश्वविद्यालयको नाममा ल्याउनुपर्ने कुराहरू प्रतिवेदनमा उल्लेख भएकाले कानुनी कुराहरूलाई अख्तियारमा लगेर बुझाईसकेको छ अब अख्तियारले अगाडि बढाउनेछ` मन्त्री पुन भनेका छन ।

त्रिभुवन विश्वविद्यालयको जग्गा नियम कानुन बिपरित स्वार्थ समूह ब्यक्तिहरुले मिलेमतोमा मिचेको समाचार सार्वजनिक भएका थिए।