मंसिर २ नेपाल । पाँचथर, हिलिहाङ गाउँपालिका वडा नं.५ र वडा नं.-६ को संगमस्थल जोरपोखरी तथा चतुरे बजार परिसरमा लाने ऐतिहासिक बालाचतुर्दशी मेलाको अवसरमा हिलिहाङ गाउँपालिका क्षेत्र भित्रका सरकारी तथा गैरसरकारी कार्यालय, हिलिहाङ गाउँपालिकाको कार्यालय एवं मातहतका वडा कार्यालयहरू, विषयगत शाखा/उपशाखा कार्यालयहरू, सम्पूर्ण सामुदायिक संस्थागत विद्यालयहरू तथा अन्य संघ संस्थाहरूमा (आकस्मिक सेवा वाहेक) मिति २०८२ साल मङ्सिर ०३ गते बुधवार बाला चतुर्दशी व्रत शतबीज छर्ने दिन स्थानीय विदा दिने गाउँ कार्यपालिकाले सूचना प्रकाशन गरेको छ।