मंसिर १ नेपाल । राष्ट्रिय युवा परिषद सानोठिमी, भक्तपुर द्वारा निशुल्क रोजगारमूलक सिप बिकास कार्यक्रममा सहभागिताका लागि आवेदन पेश गर्न सूचना प्रकाशित गरेको छ ।

परिषद्‌को आ. व. २०८२।०८३ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत विभिन्न विषय क्षेत्रमा युवाहरुका लागि रोजगारमूलक सिप बिकास तालिम कार्यक्रम रहेकोमा रोजगारमूलक सिप विकास तालिम कार्यक्रम संचालन मार्गदर्शन २०८१ बमोजिम निर्देशक समितीको मिति २०८२।०७।३० गतेको बैठकको निर्णयानुसार पलम्बर ३९० घण्टा तालिम, टेलर (सिलाईकटाई) ३९० घण्टा तालिम, असिस्टेन्ट ब्युटीसियन ३९० घण्टा तालिम, विल्डीङ ईलेक्ट्रिसियन ३९० घण्टा तालिम दिने
कार्यक्रममा सहभागिताका लागि इच्छुक युवाहरुले मिति मंसिर १५ गतेभित्र परिषद्‌को वेवसाइटमा दिइएको गुगल फर्मको लिङ्ग वा क्युआर क्लिक गरी आवेदन पेस गर्नहुन अनुरोध गरेको छ ।

तालिम निशुल्क प्राप्त गर्न सकिनेछ। सहभागीहरुलाई दैनिक खाजा खर्च मात्र उपलब्ध गराईने भएकाले अन्य व्यवस्थापन सहभागी स्वयंले गर्नुपर्नेछ । तालिम पश्चात सिप परीक्षण गराईने राष्ट्रिय युवा परिषद सानोठिमी भक्तपुरले सार्वजनिक गरेको सूचनामा उल्लेख रहेको छ।