कात्तिक ३० नेपाल । इण्डियन आयल कर्पोरेशन बाट कार्तिक २९ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा रु. २।५४ ले र डिजेलमा रु. ६।५३ ले बढेर आएता पनि आम उपभोक्ताको हितलाई मध्यनजर गरी निगम सञ्चालक समितिको मिति २०८२/०७/२९ को निर्णयानुसार आज मिति २०८२/०७/३० गते देखि लागू हुनेगरी साबिकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर पेट्रोलमा रु. २।०० र डिजेलमा रु. ३।०० ले नेपाल आयलनिगम द्वारा पेट्रोलियम पदार्थको मुल्य समायोजन गर्दै मुल्य बढाइएको छ ।