कात्तिक ३० नेपाल । गृहमन्त्री ओमप्रकाश अर्यालले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन । केन्द्रिय समितिको बैठक दिउँसो तीन बजे गृह मन्त्रालयमा बस्न लागेको गृह मन्त्रालय श्रोतले जनाएको छ।
जेनजी आन्दोलन पछि नेपालमा बिकसित शान्ति सुरक्षाको चुनौती र आगामी निर्वाचनको सुरक्षा व्यवस्थाबारे छलफल गर्न गृह मन्त्री ओम प्रकाश अर्यालले बैठक बोलाएका हुन् ।
बैठकमा गृहमन्त्री, गृह मन्त्रालयका सचिव, नेपाली सेनाका प्रतिनिधित्व , नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रतिनिधि, राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि, मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रतिनिधि र राष्ट्रिय सुरक्षा परिषदका प्रतिनिधि लगायतको सहभागिता रहने गृह मन्त्रालय श्रोतले जनाएको छ ।
