कात्तिक ३० नेपाल । गत भदौ २४ गते जेनजी प्रदर्शनको क्रममा घाईते भएर उपचारको लागि बिदेश सिंगापुर गएर उपचार गरि नेपाल फर्किए लगत्तै पार्टीका नेताहरूलाई आफ्नो निवासमा बोलाएर छलफलमा ब्यस्त रहेका छन् ।
शुक्रबार राति सिंगापुर बाट नेपाल फर्केका देउवाले हिजो शनिबार संस्थापन पक्षका चार नेतासँग सामूहिक छलफल गरेको काङ्ग्रेस श्रोतले बताएको छ ।

देउवासग भावी रणनीति तय गर्न पार्टी प्रवक्ता डा. प्रकाशशरण महत, नेत्ता एनपी साउद, बालकृष्ण खाँण ज्ञानेन्द्रबहादुर कार्की, महामन्त्री गगन थापा, बिश्वप्रकाश शर्मा लगाएत देउवा निवास पुगेर छलफल गरेका थिए ।

देउवाले नेताहरूलाई बोलाएर पार्टीको विवादबारे छलफल गरेका छन् ।देउवाले पार्टीको भित्रको विवाद मिलाउनुस् भन्ने सन्देश दिएका छन भने यतिबेला नेपाली कांग्रेस भित्र चुनाव अघि महाधिवेशन गर्ने कि नगर्ने भन्ने बारे विवाद सार्वजनिक भएको छ । पार्टीका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा नियमित महाधिवेशन गर्न नसके विशेषमा जानुपर्ने पक्षमा रहेका छन् ।