कात्तिक २८ नेपाल । नेपाली सेना श्री भर्ना छनौट निर्देशनालय द्वारा नेपाली सेनामा रिक्त रहेका प्राड/प्राविधिक/हवाई/विविध सेवा तर्फका अधिकृत पदहरू खुला प्रतियोगिताद्वारा पदपुर्ति गर्नको लागि दरखास्त आव्हान गरेको छ ।

योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेबसाईट www.nepalarmy.mil.np बाट अनलाईन दरखास्त फाराम भरी सो को प्रिन्ट प्रति सहित स्वयम् उपस्थित भई तोकिएको भर्ना केन्द्रमा रू. १०।- (दश) को टिकट टांसी दरखास्त पेस गर्न नेपाली सेना श्री भर्ना छनौट निर्देशनालय द्वारा आव्हान गरेको छ।

सैनिक तालिम वा कर्तव्य पालनाको सिलसिलामा मृत्यू भएका वा शारीरिक रूपमा अशक्त नेपाली सैनिकका सन्ततिलाई विशेष कोटा छुट्याएको समेत नेपाली सेना श्री भर्ना छनौट निर्देशनालयले जानकारी दिएको छ।