कात्तिक २८ नेपाल । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०८२ असोज २८ मा प्रारम्भ भएको बैठक कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा जारी रहेको छ ।
कार्यसमितिको बैठक २०८२ कार्त्तिक २९ गते दिउँसो २:०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा पुनः बस्दैछ ।
जारी बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीहरू गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर, उमाकान्त चौधरी, भीष्मराज आङ्दम्बे र किशोरसिंह राठौरले आ-आफ्नो धारणा राखेका थिए ।
