कात्तिक २८ नेपाल । नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) ले अन्याय अत्यचार , हिंसा ,अनैतिक , गुण्डागर्दी बिरूद्द समग्र संबिधान रक्षार्थ र आम जनताका पक्षमा भोलि कार्तिक २९ गते लमजुङ जिल्लाको सदरमुकाम बेसिशहरमा भब्य जनप्रदर्शन गर्ने भएको छ ।
उक्त जनप्रदर्शन भदौ २३ र २४ गते जेनजी प्रदर्शनको क्रममा सिंहदरबार, सर्वोच्च अदालत लगाएत देश भरका सरकारी कार्यलय, ब्यक्तिका निजि निवास, ब्यापारी कम्प्लेक्समा भएका आगजनी तोडफोड र विध्वंस गर्ने अपराधीहरुलाई खवरदारी गर्न सभा गर्न लागेको एमाले लमजुङ जिल्ला श्रोतले जनाएको छ।
