कात्तिक २८ नेपाल । २०८२ साल भाद्र २३ र २४ गते काठमाडौं उपत्यका समेतमा भएको प्रदर्शनको क्रममा काठमाडौं जिल्ला अन्तर्गतका प्रहरी ईकाइहरूमा आगजनी, तोडफोड हुँदा अनुसन्धान प्रक्रियामा रहेका मिसिल कागजातहरू समेत जली नष्ट भएकोले सो समयमा अनुसन्धान प्रक्रियामा रहेका पीडित/निवेदक जाहेरवालाहरूले आफूसँग भएका कागजात, अन्य विवरण सहित यथाशीघ्र सम्बन्धित वृत्त तथा जिल्ला प्रहरी परिसर काठमाडौंमा सम्पर्क राख्न हुन काठमाडौं जिल्ला प्रहरी परिसरले अनुरोध गरेको छ।