कात्तिक २८ नेपाल । मिति २०८२।०७।२६ गते अन्दाजी १७:३० बजेको समयमा जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. १६ शरणपुर नविनचोक नजिक एकान्त कुना स्थितमा प्रतिबन्धित लागु औषध बिक्रि बितरण ओसारपसार तथा सेवन कार्य समेत गरि रहेका छन् भन्ने विशेष सुचनाको आधारमा अस्थाई प्रहरी पोष्ट शरणपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. १६ बस्ने वर्ष २४ को सागर गुरुङ, जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. १६ बस्ने वर्ष २० को बिमल कुमाल र जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं.१६ बस्ने वर्ष २३ को सुदिप श्रेष्ठलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा निजहरुको साथबाट औषध ट्रामाजोल जम्मा १५० पत्तामा १५०० ट्याब्लेट र बोमिन २५ लेखिएको १४४ पत्तामा १४४५ ट्याब्लेट र नगद रु. २३,०९५/- (तेइस हजार पन्चान्बे रुपैंया) फेला फेलापारी निजहरुलाई नियन्त्रणमा लिई लागू औषध सम्बन्धी कसूरमा सम्मानित चितवन जिल्ला अदालतबाट दिन ७ (सात) म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले प्रेस बिज्ञप्ति जारी गरेर जनाएको छ।