कात्तिक २७ नेपाल । भाद्र २३ र २४ को घटना सम्बन्धी जाँचबुझ आयोगको २०८२ कार्तिक २७ गते बिहिबार बसेको बैठकले आजदेखि सेवाबाट निवृत्त हुनु भएका नेपाल प्रहरीका महानिरीक्षक श्री चन्द्रकुबेर खापुङलाई भाद्र २३ र २४ गतेका घटनाहरुको छानविन तथा जाँचबुझको लागि कुनैपनि समयमा यस आयोगमा उपस्थित हुनु पर्ने भएको छ ।
खापुङ्गलाई आजै देखि लागु हुने गरी विदेश भ्रमणमा रोक लगाउने तथा जाँचबुझ आयोगको स्वीकृति बेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्न गराउनका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय गरेको छ । साथै जाँचबुझ आयोगको निर्णय पुर्व प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङलाई जानकारी दिने निर्णय गरेको जाँचबुझ आयोगकोले आज जारी गरेको प्रेस बिज्ञप्तीमा उल्लेख रहेको छ।
