२०८२ कात्तिक २५ नेपाल । अज्ञात समूहबाट विश्व हिन्दु महासंघको केन्द्रिय कार्यालय बाँसवारीमा गए राति तोडफोड गरी केहि महत्वपूर्ण कागजात एवम् समाग्रीहरु समेत चोरी गरेको पाइएको छ ।
कार्यालयको सिसि क्यामेरा नष्ट गरी , कार्यालयका ढोकाहरु तोडफोड गरी क्षति पुर्याई त्यहाँ रहेका धार्मिक मूल्यवान सामाग्रीहरु चोरी गरि अन्य महत्वपूर्ण कागजातहरु समेत नष्ट गर्ने प्रयास गरेको थाह पाए लगत्तै प्रहरीलाई खवर गरि घटनाको जानकारी गराईएको श्रोतले जनाएको छ।
हिन्दु धर्मको आस्थाको केन्द्र महासंघ माथिको पटक – पटक आक्रमण प्रयास निन्दनीयछ। अतः यस्ता घटनाबाट महासंघको कार्यालयमा सुरक्षा चुनौती बढेको महसुस गरिएकोले घटनाका बारेमा राज्यको ध्यानाकर्षण गराउँदै यस्तो कार्यका संलग्नको पहिचान गरी कार्वाही दायरामा ल्याई आबश्यक कार्वाहीको निम्ति संवेदनशील भइदिन सम्बद्ध पक्षहरूले गृह प्रशासन समक्ष माग गरेका छन ।
