२०८२ कात्तिक २५ नेपाल । नेपाल बार एशोसिएशनको विधान, २०४८ (संशोधन सहित) नेपाल बार एशोसिएनको मिति २०८२ वैशाख ०७ मा बसेको केन्द्रीय कार्यसमितिको बैठकको निर्णय अनुसार वरिष्ठ अधिवक्ता रमण कुमार श्रेष्ठ संयोजक रहनेगरी गठन भएको ´मानव अधिकार तथा जनसरोकार समिति`मा कानुनविद अधिवक्ता भुनेश्वर थापा समितिको केन्द्रिय सदस्यमा नियुक्त हुनुभएको नेपाल बार एसोसिएसन द्वारा जारी जानकारी पत्रमा उल्लेख रहेको छ।
अधिवक्ता भुनेश्वर थापा नेपालको समृद्धिको लागि कृषि उत्पादनमा जोड दिने एक सामाजिक अभियान्ता हुन भने नेपाली नागरिकको हकहित र नागरिकले शान्तिपुर्ण रुपले बाच्न पाउनुपर्छ भन्दै मानव अधिकार रक्षाको लागि बिगत ३० बर्ष देखि अभियान चलाउने एक प्रखर वक्ता तथा सामाजिक अभियान्ता समेत हुन। थापा भन्छन् : नागरिक समाजमा डर त्रास भयमुक्त बाताबरण स्थापित हुनुपर्छ ।

